हाम्रा पहिचान के के हुन् ? पहिचानको महत्त्व उल्लेख गर्नुहोस् ।
हाम्रा पहिचान राष्ट्रिय, जातीय, भाषिक, धार्मिक, लैङ्गिक र अपाङ्गतासम्बन्धी गरी विभिन्न प्रकारका हुन्छन्। भाषा, संस्कृति, वेशभूषा हाम्रो राष्ट्रिय पहिचान हो भने जात, धर्म, भाषा, लिङ्ग आदि हाम्रा वैयक्तिक पहिचान हुन्। पहिचानको महत्त्व निम्नानुसार छ: १. पहिचानले व्यक्ति र समुदायलाई आफ्नो अस्तित्व र विशिष्टता चिनाउँछ। २. यसले अधिकार प्राप्ति, समावेशिता र सामाजिकीकरणमा मदत गर्दछ। ३. यसले संस्कृति र संस्कारको संरक्षण तथा निरन्तरतामा मार्ग प्रशस्त गर्दछ। ४. यसले व्यक्तिलाई कर्तव्यबोध र अनुशासनमा रहन प्रेरित गर्दछ। ५. यसले राष्ट्रलाई विश्व समुदायमाझ चिनाउन मदत गर्दछ।