दिल्ली सम्भौतालाई त्रिपक्षीय सम्भौता भनिन्छ, किन?
दिल्ली सम्भौता तीनवटा पक्षबिच भएको सम्झौता भएकाले यसलाई त्रिपक्षीय सम्भौता भनिन्छ। यी तीन पक्ष थिए — राणाका प्रतिनिधि (मोहन शमशेर), नेपाली काङ्ग्रेसका प्रतिनिधि र राजा त्रिभुवन। वि.सं. २००७ फागुन १ गते जवाहरलाल नेहरूको मध्यस्थतामा भएको यस सम्भौतामा तिनैवटा पक्षको सहमति र हस्ताक्षर रहेकाले यो त्रिपक्षीय सम्भौता हो।