द्वितीय विश्वयुद्धका परिणामको छोटकरीमा वर्णन गर्नुहोस्।
द्वितीय विश्वयुद्धका प्रमुख परिणामहरू निम्नानुसार छन्: १. धेरै विनासकारी हतियारको प्रयोगका कारण करिब २ करोड २० लाख मानिसको मृत्यु र ठूलो धनजनको क्षति भयो। २. विश्व अमेरिका र रुस गरी दुई ध्रुवमा विभाजित भई शीतयुद्धको सुरुआत भयो। ३. आर्थिक पुनःनिर्माणका नाममा NATO, वार्सा सन्धि सङ्गठनजस्ता विभिन्न प्रतिस्पर्धी संस्थाहरू स्थापना भए। ४. उपनिवेशवादको अन्त्य भई विश्वभर प्रजातान्त्रिक आन्दोलनको लहर आयो, जसले नेपालको राणा शासन विरोधी आन्दोलनलाई पनि प्रभावित पार्यो। ५. विश्वशान्ति कायम गर्न सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भयो।