SEESathi
HomeSubjectsPast PapersMock TestSavedSearch
SEESathi

Empowering every Class 10 student across Nepal with world-class, beautifully structured study notes and solved questions.

Study

  • Master Notes
  • Question Bank
  • Past Papers

Subjects

  • Science & Technology
  • English
  • नेपाली
  • Social Studies
  • Computer Science
  • Mathematics

Resources

  • SEE Grading Guide
  • Syllabus Breakdown
  • Topper Answer Sets
  • Mock Test Simulator

Legal

  • About Mission
  • Editorial Board
  • Privacy Policy
  • Terms of Use

© 2026 SEE Sathi Technologies Pvt. Ltd. Kathmandu, Nepal.

Built for every Class 10 student across Nepal

नेपालमा सङ्घीयताSolved Questions· Unit 3
Social Studies · Chapter 02c
8 solved questions

नेपालमा सङ्घीयता

Every question in this chapter, answered and explained — step-by-step solutions drawn live from the chapter library across 3 question sections.

अभ्यास4थप SEE अभ्यास3SEE का लागि अति महत्वपूर्ण क्षेत्र1
01

अभ्यास

4
1SEE Boardqb-q0

सङ्घीयता भनेको के हो ?

राज्य सत्ता र सार्वभौमसत्ताको अधिकार सङ्घ, प्रदेश र स्थानीय तह गरी विभिन्न तहमा विभाजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने शासन प्रणालीलाई सङ्घीयता भनिन्छ। यसले स्रोतको उचित बाँडफाँड र परिचालन तथा आर्थिक, सामाजिक र क्षेत्रीय विभेद कम गरी सबै क्षेत्रको समानुपातिक विकासका लागि देशलाई सङ्घीय संरचनामा रूपान्तरण गर्दछ।

2SEE Boardqb-q1

नेपालमा सङ्घीयता कार्यान्वयनमा आएसँगै भएका सकारात्मक परिवर्तन औंल्याउनुहोस् ।

नेपालमा सङ्घीयता कार्यान्वयनमा आएसँगै निम्न सकारात्मक परिवर्तन भएका छन्: १. समावेशिता र सामाजिक न्यायले प्रश्रय पाएको छ। २. सेवा जनताको नजिक पुगेको छ र जनताले सहज रूपमा सेवा सुविधा प्राप्त गर्न थालेका छन्। ३. प्रदेशहरूबिच विकासमा स्वस्थ प्रतिस्पर्धा बढेको छ, जसले प्रदेशको आन्तरिक क्षमता वृद्धिमा सघाउँछ। ४. स्थानीय स्रोत र साधनको अधिकतम परिचालन हुन थालेको छ। ५. जनताको सक्रिय सहभागितामा सामूहिक शासन पद्धतिको विकास भएको छ। ६. देशको सांस्कृतिक तथा सामूहिक विविधताको पहिचान र सम्बोधन हुन थालेको छ।

3SEE Boardqb-q2

स्थानीय सरकारको मुख्य कार्यक्षेत्र उल्लेख गर्नुहोस् ।

स्थानीय सरकारको मुख्य कार्यक्षेत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत् र सञ्चारलगायतका विकासका पूर्वाधार निर्माण गरी जनअपेक्षालाई सम्बोधन गर्ने कार्य पर्दछ।

4SEE Boardqb-q3

सङ्घीयताको सफल कार्यान्वयनमा ध्यान दिनुपर्ने पक्ष विश्लेषण गर्नुहोस् ।

सङ्घीयताको सफल कार्यान्वयनमा निम्न पक्षमा ध्यान दिनुपर्दछ: १. सुशासन र अवसरको न्यायोचित वितरणमा क्रियाशील हुनुपर्छ। २. प्रदेशको आत्मनिर्भर क्षमता अभिवृद्धिमा सङ्घले सहयोग गर्नुपर्छ। ३. प्रदेश सञ्चालनका लागि आवश्यक कानुन निर्माणमा सङ्घले सहयोग गर्ने वातावरण बनाउनुपर्छ। ४. प्रदेशहरूबिचको स्वस्थ प्रतिस्पर्धाले विकास र प्रगतिलाई प्रोत्साहन दिनुपर्छ। ५. जनप्रतिनिधिलाई जनताको सेवकका रूपमा क्रियाशील बनाउने संयन्त्र विकास गर्नुपर्छ। ६. राजनीतिक दल, नागरिक समाज र आम जनतासमेत सुशासन, शान्ति र अमनचयन कायम गर्न क्रियाशील हुनुपर्छ। यी पक्षमा ध्यान दिन सकेमा मात्र सङ्घीयताले अपेक्षित प्रतिफल दिन सक्छ।

02

थप SEE अभ्यास

3
1SEE Boardqb-q4

नेपालमा सङ्घीयता कहिलेदेखि र कस्तो पृष्ठभूमिमा स्थापना भयो ?

वि.सं. २०६५ जेष्ठ १५ गतेदेखि नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनेको हो। १० वर्षे सशस्त्र विद्रोह, १९ दिने जनआन्दोलन र मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनको पृष्ठभूमिमा नेपालमा सङ्घीय राज्य प्रणालीको स्थापना भएको हो।

2SEE Boardqb-q5

नेपालको सङ्घीय संरचनामा कति तहका सरकार छन् र तिनको नाम के हो ?

नेपालको सङ्घीय संरचनामा तीन तहका सरकार छन्: सङ्घीय (केन्द्रीय) सरकार, प्रदेश सरकार र स्थानीय सरकार। हाल नेपालमा ७ प्रदेश र ७५३ स्थानीय तह रहेका छन्।

3SEE Boardqb-q6

केन्द्रीय सरकारको कार्यक्षेत्र के के हुन् ?

केन्द्रीय सरकारले सीमा, सुरक्षा, राष्ट्रिय अर्थनीति, परराष्ट्र नीति तथा कूटनीतिक पक्षको व्यवस्थापन गर्दछ।

03

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

1
1SEE Boardqb-q7

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

• सङ्घीयताको अर्थ र यसको स्थापना पृष्ठभूमि • नेपालको सङ्घीय संरचना (सङ्घ, प्रदेश, स्थानीय तह र तिनको सङ्ख्या) • सङ्घीयताका फाइदा वा विशेषता • विभिन्न तहको कार्यक्षेत्र • सङ्घीयताको सफल कार्यान्वयनका सर्त

Review the NotesBack to Chapter