राष्ट्रिय दिवस भनेको के हो ? राष्ट्रिय दिवसको महत्त्व उल्लेख गर्नुहोस् ।
राष्ट्रमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि क्षेत्रमा महत्त्वपूर्ण घटना वा परिवर्तन भई यसबाट समाज र जनताले उपलब्धि हासिल गरेको गौरवपूर्ण दिनलाई राष्ट्रिय दिवस भनिन्छ। राष्ट्रिय दिवसको महत्त्व: १. हाम्रो पहिचानको संरक्षण र संवर्धन गर्न मदत गर्छ। २. देशमा घटेका महत्त्वपूर्ण घटना र तिनले ल्याएको परिवर्तनको स्मरण गराइरहन्छ। ३. हाम्रो राष्ट्रको गौरव बढाउन मदत गर्छ। ४. महत्त्वपूर्ण घटना र तिनले ल्याएको परिवर्तनको रक्षा गर्न प्रेरित गर्छ। ५. भावी पुस्तालाई पुर्खाको योगदानको बोध गराई राष्ट्रप्रति जिम्मेवार भई कर्तव्य पूरा गर्न प्रेरित गर्छ। ६. नागरिक र राष्ट्रप्रति उत्तरदायी भई राज्य सञ्चालन गर्न मार्ग निर्देश गर्छ। ७. आम नागरिकमा चेतना र जागरण प्रदान गर्छ। ८. ऐतिहासिक तथ्य र घटनाको महत्त्वपूर्ण स्रोतको रूपमा उपयोग गर्न सकिन्छ।