SEESathi
HomeSubjectsPast PapersMock TestSavedSearch
SEESathi

Empowering every Class 10 student across Nepal with world-class, beautifully structured study notes and solved questions.

Study

  • Master Notes
  • Question Bank
  • Past Papers

Subjects

  • Science & Technology
  • English
  • नेपाली
  • Social Studies
  • Computer Science
  • Mathematics

Resources

  • SEE Grading Guide
  • Syllabus Breakdown
  • Topper Answer Sets
  • Mock Test Simulator

Legal

  • About Mission
  • Editorial Board
  • Privacy Policy
  • Terms of Use

© 2026 SEE Sathi Technologies Pvt. Ltd. Kathmandu, Nepal.

Built for every Class 10 student across Nepal

विश्वबन्धुत्व र मानवताSolved Questions· Unit 7
Social Studies · Chapter 03g
8 solved questions

विश्वबन्धुत्व र मानवता

Every question in this chapter, answered and explained — step-by-step solutions drawn live from the chapter library across 3 question sections.

अभ्यास4थप SEE अभ्यास3SEE का लागि अति महत्वपूर्ण क्षेत्र1
01

अभ्यास

4
1SEE Boardqb-q0

विश्वबन्धुत्व भनेको के हो ? विश्वबन्धुत्व कायम गर्न हामीले के के गर्नुपर्छ, लेख्नुहोस् ।

विश्वबन्धुत्व भनेको विश्वभर बसेका मानिसलाई आफ्नै परिवारको सदस्य जस्तै ठानेर सुखदुःखमा साथ दिने भावना हो। यो सहयोग र सहकार्यको संस्कार हो। विश्वबन्धुत्व कायम गर्न हामीले निम्न कुरा गर्नुपर्छ: १. सङ्कीर्णतालाई त्यागेर सबैलाई आफन्त ठान्नुपर्छ। २. अरूसँग नाता लगाएर सम्बोधन गर्ने र सोही अनुरूपको व्यवहार गर्नुपर्छ। ३. सबैलाई आफ्नो परिवारको सदस्य सरह मान्ने व्यवहार गर्नुपर्छ। ४. सबैलाई सहानुभूति र सहयोगको भावना प्रकट गर्नुपर्छ। ५. अरूको अस्तित्वलाई स्वीकार गर्नुपर्छ। ६. सम्मान, जिम्मेवारी बोध, सहिष्णुता र इमानदारिताजस्ता मानवीय मूल्यको पालना गर्नुपर्छ।

2SEE Boardqb-q1

विश्वग्रामको परिचय दिँदै यसले मानव जीवनमा पारेको प्रभाव उल्लेख गर्नुहोस् ।

अहिलेको सूचना प्रविधिको युगमा संसार एउटा सानो गाउँ जस्तो भएको छ। कुनै ठाउँमा घटेको घटना तत्कालै विश्वको अर्को ठाउँमा जानकारी हुने भएकाले संसारका मानिस एउटै घरपरिवारका सदस्यका रूपमा रूपान्तरित भएका छन्। भूगोल अलग र दुरी टाढा भए तापनि मानवीय व्यवहार, सद्भाव, सहकार्य र सहयोगका कारण विश्व सीमाविहीन समाजमा बदलिएको यस अवस्थालाई विश्वग्राम भनिन्छ। विश्वग्रामले मानव जीवनमा निम्न प्रभाव पारेको छ: १. विश्वका मानिसबिच सूचना र जानकारीको तत्काल आदानप्रदान सम्भव भएको छ। २. फरक फरक देशका मानिसबिच परस्पर सहयोग, सद्भाव र सहकार्यको संस्कृति विकास भएको छ। ३. अपरिचित, पराइ र विदेशीसँगको सम्बन्ध, सहयोग र सद्भावको संस्कृति बढ्न थालेको छ। ४. मानवीय सम्बन्ध, सहयोग र मेलमिलापको आवश्यकताको बोध भएको छ।

3SEE Boardqb-q2

वर्तमान विश्वमा विश्वबन्धुत्व र मानवताको महत्त्व उल्लेख गर्नुहोस् ।

वर्तमान विश्वमा विश्वबन्धुत्व र मानवताको महत्त्व निम्नानुसार छ: १. यसले समाजमा एकत्वको भावना विकास गर्दछ। २. यसले सबैले समान रूपमा शान्ति र सहअस्तित्वका साथ जीवन बाँच्न पाउने मानवीय हक सुनिश्चित गर्दछ। ३. यसले युद्ध र हिंसाबाटमुक्त विश्व समाज स्थापना गर्न मदत गर्दछ। ४. यसले जातीय, भाषिक, धार्मिक, क्षेत्रीय सबै विभेदको अन्त्य गर्दछ। ५. यसले विदेशी भूमिमा रहँदा पनि मानवीय सहयोग र सद्भावका कारण एक्लोपन महसुस नहुने वातावरण बनाउँछ।

4SEE Boardqb-q3

"बसुधैव कुटुम्बकम्" भनेको के हो ?

"बसुधैव कुटुम्बकम्" भन्नाले "सम्पूर्ण पृथ्वी नै एक परिवार हो" भन्ने बुझिन्छ। यो सूक्तिले संसारभरका मानिसलाई जात, धर्म, भाषा र भूगोलको सीमाभन्दा माथि उठी एउटै परिवारका सदस्यका रूपमा हेर्नुपर्छ भन्ने भाव दिन्छ, जुन विश्वबन्धुत्वको भावनासँग मिल्दोजुल्दो छ।

02

थप SEE अभ्यास

3
1SEE Boardqb-q4

मानवता भनेको के हो ?

संसारमा बस्ने मानिस भूगोल, प्रजाति, पेसा, धर्म, संस्कृति र परम्पराका आधारमा फरक फरक भए पनि मानवीयता र मानवीय व्यवहारमा सबै एक हुन्छन् भन्ने भावना नै मानवता हो। संसारका सबै मानव जाति आफन्त हुन् भन्ने बोध यसमा समावेश हुन्छ।

2SEE Boardqb-q5

विश्वबन्धुत्वको भावना बढाउने मानवीय मूल्यहरू के के हुन् ?

सम्मान, जिम्मेवारी बोध, सहिष्णुता र इमानदारिताजस्ता मानवीय मूल्यको पालना गर्दा विश्वबन्धुत्वको भावना वृद्धि हुन सक्छ।

3SEE Boardqb-q6

विश्वग्राम शब्द किन प्रयोग गरिएको हो ?

सूचना प्रविधिको विकासले गर्दा संसार एउटा सानो गाउँ जस्तो भएको र कुनै ठाउँमा घटेको घटना तत्कालै विश्वका अन्य ठाउँमा जानकारी हुन सक्ने भएकाले, अनि भूगोलले टाढा भए पनि मानिस एउटै घरपरिवारका सदस्य जस्तै जोडिएकाले यसलाई विश्वग्राम भनिएको हो।

03

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

1
1SEE Boardqb-q7

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

• मानवता र विश्वबन्धुत्वको अर्थ • विश्वबन्धुत्व कायम गर्ने उपायहरू • विश्वग्रामको अवधारणा र यसको प्रभाव • विश्वबन्धुत्व र मानवताको महत्त्व • बसुधैव कुटुम्बकम्को अर्थ

Review the NotesBack to Chapter