अन्तर्राष्ट्रिय श्रम सङ्गठनले नेपालमा कस्तो योगदान पुऱ्याएको छ ?
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत संस्था हो, जसले सबैखाले बालश्रमको उन्मूलन, श्रम कानुन र श्रमनीतिको निर्माण एवम् कार्यान्वयनका साथै श्रमिक हकहितका गतिविधिमा कार्य गर्दछ। नेपालमा यस संस्थाले मूलतः बालश्रमको अन्त्य गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। नेपालका सहरी र सहरोन्मुख क्षेत्रमा देखा परिरहेको बाल श्रम निराकरण गर्नमा यो संस्था सक्रिय रहेको छ।