मानव अधिकार भनेको के हो?
मानव अधिकार भनेको संसारका प्रत्येक व्यक्तिसँग सम्बन्धित आधारभूत अधिकार हो, जुन मानिसको जन्मसिद्ध अधिकार हो। प्रत्येक व्यक्तिमा जाति, भाषा, धर्म, लिङ्ग, अपाङ्गता, राष्ट्रियता तथा सामाजिक र आर्थिक अवस्था, राष्ट्रिय सिमाना आदिको भेदभावविनाको व्यवहार मानव अधिकारभित्र पर्छन्। यो मानिसलाई मानिसका रूपमा स्वतन्त्र रही मानवीय मर्यादा र यथोचित सम्मानका साथ बाँच्न आवश्यक पर्ने अधिकार हो।