भूमध्यरेखीय र उष्ण मरुस्थलीय हावापानीबिच फरक छुट्याउनुहोस्।
भूमध्यरेखीय र उष्ण मरुस्थलीय हावापानीबिचको फरक निम्नानुसार छ। भूमध्यरेखीय हावापानी भूमध्यरेखाबाट ५° उत्तर र ५° दक्षिण अक्षांशसम्म पाइन्छ भने उष्ण मरुस्थलीय हावापानी दुवै गोलार्धमा २०° देखि ३०° अक्षांशको महाद्वीपको पश्चिमी भागमा पाइन्छ। भूमध्यरेखीय क्षेत्रमा वर्षभरि औसत तापक्रम २७°C रहन्छ र तापान्तर जम्मा २°C मात्र हुन्छ भने मरुस्थलीय क्षेत्रमा दिउँसो ४०°C भन्दा बढी र रातमा १०°C भन्दा कम हुन्छ, अर्थात् दिन-रातको तापान्तर धेरै हुन्छ। भूमध्यरेखीय क्षेत्रमा वार्षिक २०० से.मि.सम्म प्रशस्त वर्षा हुन्छ भने मरुस्थलीय क्षेत्रमा वार्षिक जम्मा १२ से.मि. जति मात्र वर्षा हुन्छ। यसैले भूमध्यरेखीय क्षेत्रमा घना जङ्गल र प्रशस्त वन्यजन्तु पाइन्छन् भने मरुस्थलीय क्षेत्रमा सिउँडी (Cactus) जस्ता काँडेदार वनस्पति मात्र पाइन्छन्।