'भर्सेलिजको सन्धिले दोस्रो विश्वयुद्धलाई निम्ता गरेको थियो।' यस भनाइलाई पुष्टि गर्नुहोस्।
यो भनाइ पूर्ण रूपमा सत्य सावित हुन्छ, किनकि: १. भर्सेलिजको सन्धिले जर्मनीलाई भारी आर्थिक क्षतिपूर्ति, भूभागको क्षति र कडा सैनिक प्रतिबन्धसहित अपमानित बनायो। २. यस अपमानले जर्मन जनतामा गहिरो प्रतिशोधको भावना उब्जायो, जसैलाई आधार बनाई तानाशाह हिटलरको उदय भयो। ३. हिटलरले सन्धि उल्लङ्घन गर्दै सैन्य शक्ति र युद्ध सामग्री विस्तार गरे र सन् १९३६ मा राइनल्यान्डमा पुनः सेना पठाए। ४. यसरी जर्मनीले सन्धि उल्लङ्घन गरिरहँदा बेलायत र फ्रान्सले भने जर्मनीलाई उक्साउने दोहोरो चरित्र देखाए र राष्ट्रसङ्घलाई जर्मनी नियन्त्रण गर्न दबाब मात्र दिए, तर प्रभावकारी कारबाही गरेनन्। ५. अन्ततः जर्मनीले सन् १९३९ मा पोल्यान्डमाथि आक्रमण गरी दोस्रो विश्वयुद्ध सुरु गर्यो। यसरी भर्सेलिजको सन्धिको अपमानजनक व्यवस्थाबाट सुरु भएको प्रतिशोधको शृङ्खलाले नै अन्ततः दोस्रो विश्वयुद्ध निम्त्यायो भन्ने पुष्टि हुन्छ।