SEESathi
HomeSubjectsPast PapersMock TestSavedSearch
SEESathi

Empowering every Class 10 student across Nepal with world-class, beautifully structured study notes and solved questions.

Study

  • Master Notes
  • Question Bank
  • Past Papers

Subjects

  • Science & Technology
  • English
  • नेपाली
  • Social Studies
  • Computer Science
  • Mathematics

Resources

  • SEE Grading Guide
  • Syllabus Breakdown
  • Topper Answer Sets
  • Mock Test Simulator

Legal

  • About Mission
  • Editorial Board
  • Privacy Policy
  • Terms of Use

© 2026 SEE Sathi Technologies Pvt. Ltd. Kathmandu, Nepal.

Built for every Class 10 student across Nepal

वित्तीय शिक्षाSolved Questions· Unit 4
Social Studies · Chapter 08d
8 solved questions

वित्तीय शिक्षा

Every question in this chapter, answered and explained — step-by-step solutions drawn live from the chapter library across 4 question sections.

वित्तीय शिक्षा — अभ्यास (समाधान सहित)4घटना अध्ययन (केस स्टडी) — बलबहादुर1थप SEE अभ्यास2SEE का लागि अति महत्वपूर्ण क्षेत्र1
01

वित्तीय शिक्षा — अभ्यास (समाधान सहित)

4
1SEE Boardqb-q0

वित्तीय शिक्षा भनेको के हो?

१. वित्तीय शिक्षा भनेको के हो?

2SEE Boardqb-q1

वित्तीय शिक्षाको महत्त्व उल्लेख गर्नुहोस्।

प्रत्येक व्यक्तिले आफूसँग भएको आर्थिक तथा वित्तीय साधनको महत्त्व बुझी सोहीअनुसार उचित व्यवस्थापन गर्न सक्ने ज्ञान तथा सिपलाई वित्तीय शिक्षा वा वित्तीय साक्षरता भनिन्छ। आम्दानी, खर्च, बजेट व्यवस्थापन, बचत र ऋण आदि कुराको व्यवस्थित परिचालन गर्नका लागि आवश्यक ज्ञान, सिप तथा क्षमता नै वित्तीय शिक्षा हो।

3SEE Boardqb-q2

वित्तीय प्रणाली भनेको के हो? नेपालको वित्तीय प्रणाली सम्बन्धमा चर्चा गर्नुहोस्।

२. वित्तीय शिक्षाको महत्त्व उल्लेख गर्नुहोस्।

4SEE Boardqb-q3

बैङ्कबाट ऋण लिएर कुनै व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुराहरूको सुची तयार गर्नुहोस्।

व्यक्तिलाई कमाउने, बचाउने, खर्च गर्ने, ऋण लिने र लगानी गर्ने जस्ता वित्तीय कारोबारका लागि सक्षम बनाउँछ। समुदायका सबै वर्गलाई सुखी र सुरक्षित भविष्यका लागि सघाउँछ। आर्थिक सम्पन्नताको बाटोतिर डोऱ्याउन मदत गर्छ। पैसाको सही सदुपयोगबाट आर्थिक तथा सामाजिक सुरक्षा प्रदान गर्न सहयोग गर्छ। व्यक्तिगत बजेट बनाई विवेकशील खर्च र नियमित बचत गर्न सिकाउँछ। आवश्यकताअनुसार ऋण प्राप्ति, समयमा भुक्तानी र भविष्यको वित्तीय चुनौतीको सामना गर्न सक्षम बनाउँछ। ३. वित्तीय प्रणाली भनेको के हो? नेपालको वित्तीय प्रणाली सम्बन्धमा चर्चा गर्नुहोस्। आर्थिक कारोबार (बचत सङ्कलन, कर्जा प्रवाह, मुद्रा विनिमय आदि) सञ्चालन गर्न स्थापना गरिएका बैङ्क तथा वित्तीय संस्थाहरूको समग्र संरचनालाई वित्तीय प्रणाली भनिन्छ। नेपालको वित्तीय प्रणालीअन्तर्गत निम्न संस्था तथा निकाय क्रियाशील छन्: केन्द्रीय बैङ्क (नेपाल राष्ट्र बैङ्क) — सम्पूर्ण बैङ्कको बैङ्क, नोट निष्कासन गर्ने एकाधिकार निकाय र सरकारको आर्थिक सल्लाहकार। वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्था — निक्षेपका रूपमा बचत सङ्कलन गर्ने र कर्जा प्रदान गर्ने। बचत तथा ऋण सहकारी संस्था र लघुवित्तको कारोबार गर्ने गैरसरकारी सङ्घसंस्थाहरू। नेपाल राष्ट्र बैङ्कले सम्पूर्ण वाणिज्य बैङ्क तथा वित्तीय संस्था स्थापना गर्ने अनुमति प्रदान गर्ने, विप्रेषणबारे जानकारी दिने, विदेशी मुद्रा सटही गर्ने, सरकारी ऋणपत्रको कारोबार गर्ने र बैङ्क ग्यारेन्टी बस्ने जस्ता कार्य पनि गर्छ। ४. बैङ्कबाट ऋण लिएर कुनै व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुराहरूको सुची तयार गर्नुहोस्। अति आवश्यक कामका लागि मात्र ऋण लिने। आफ्नो व्यवसायले धान्न सक्ने क्षमताअनुसार मात्र ऋण लिने। ऋणको साँवा र ब्याज निश्चित समयभित्र फिर्ता गर्नुपर्ने कुरामा ध्यान दिने। समयमा किस्ता बुझाउने कामलाई पहिलो प्राथमिकतामा राख्ने। समयमा नतिरे व्याजबाहेक हर्जना तिर्नुपर्ने र धितो लिलामी हुन सक्ने कुरामा सचेत रहने। समयमा भुक्तानी नगरे कालोसूचीमा पर्न सकिने र सामाजिक प्रतिष्ठामा आँच आउन सक्ने कुरामा ध्यान दिने।

02

घटना अध्ययन (केस स्टडी) — बलबहादुर

1
1SEE Boardqb-q4

घटना अध्ययन (केस स्टडी) — बलबहादुर

• प्रश्न: बलबहादुरको समस्या कसरी समाधान भयो? • उत्तर: बलबहादुरलाई घरमा पैसा राख्दा चोरी हुने डर थियो। वित्तीय संस्थाका प्रतिनिधिबाट वित्तीय शिक्षा तथा बैङ्कमा खाता खोल्ने प्रक्रियाबारे जानकारी पाएपछि उनले भोलिपल्टै नजिकैको वित्तीय संस्थामा खाता खोली आफ्नो बचत रकम बैङ्कमा जम्मा गरे। यसरी उनको पैसा सुरक्षित हुने र आवश्यक पर्दा वित्तीय सेवा प्रयोग गर्न सक्ने समस्या समाधान भयो। • प्रश्न: बलबहादुरले कसरी आफ्नो व्यवसायलाई विस्तार गर्न सफल भए? • उत्तर: बलबहादुरले आफ्नो दुई कट्ठा जमिन धितो राखेर बैङ्कबाट ऋण लिए र त्यसैको सहयोगमा थप दुई कट्ठा जमिन भाडामा लिई तरकारी खेती सुरु गरेर आफ्नो व्यवसायलाई विस्तार गरे।

03

थप SEE अभ्यास

2
1SEE Boardqb-q5

नेपालमा वित्तीय साक्षरताको हालको अवस्था के छ र यसलाई सुधार गर्न के गर्न सकिन्छ?

१. नेपालमा वित्तीय साक्षरताको हालको अवस्था र सुधारका उपाय:

2SEE Boardqb-q6

समयमा ऋण नतिरेमा हुन सक्ने असरहरू उल्लेख गर्नुहोस्।

विश्व बैङ्कको प्रतिवेदनअनुसार नेपालमा हाल वित्तीय साक्षरताको अवस्था करिब १८ प्रतिशत मात्र पुगेको देखिन्छ। यसलाई सुधार गर्न विद्यालयस्तरमा वित्तीय शिक्षा कार्यक्रम विस्तार गर्ने, बैङ्क खाता खोल्ने अभियान चलाउने, सञ्चार माध्यमबाट जनचेतनामूलक कार्यक्रम प्रसारण गर्ने र वित्तीय संस्थाहरूले समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने काम गर्न सकिन्छ। २. समयमा ऋण नतिरेमा हुन सक्ने असरहरू: व्याजबाहेक हर्जना समेत तिर्नुपर्ने हुन्छ। धितो राखिएको सम्पत्ति लिलामी हुन सक्छ। कानुनी कारबाहीको सामना गर्नुपर्न सक्छ। वित्तीय संस्थाको कालोसूचीमा पर्न सकिन्छ, जसले भविष्यमा अन्य ऋण पाउन कठिनाइ हुन्छ। सामाजिक प्रतिष्ठामा आँच आउँछ।

04

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

1
1SEE Boardqb-q7

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

• वित्त र वित्तीय शिक्षाको अर्थ। • वित्तीय शिक्षाको महत्त्व। • नेपालको वित्तीय प्रणाली र यसका अङ्गहरू। • नेपाल राष्ट्र बैङ्कको भूमिका। • बैङ्क ऋण लिंदा र भुक्तानी गर्दा ध्यान दिनुपर्ने कुराहरू। • नेपालमा वित्तीय साक्षराका लागि भएका प्रयासहरू।

Review the NotesBack to Chapter