राजस्व भन्नाले के बुझिन्छ? कर राजस्व र गैरकर राजस्वबिच फरक छुट्याउनुहोस्।
१. राजस्व भन्नाले के बुझिन्छ? कर राजस्व र गैरकर राजस्वबिच फरक छुट्याउनुहोस्।
Every question in this chapter, answered and explained — step-by-step solutions drawn live from the chapter library across 3 question sections.
राजस्व भन्नाले के बुझिन्छ? कर राजस्व र गैरकर राजस्वबिच फरक छुट्याउनुहोस्।
१. राजस्व भन्नाले के बुझिन्छ? कर राजस्व र गैरकर राजस्वबिच फरक छुट्याउनुहोस्।
प्रत्यक्ष कर र अप्रत्यक्ष करका फाइदाको सूची बनाउनुहोस्।
सरकारले विभिन्न स्रोतहरूबाट गर्ने आम्दानीलाई राजस्व भनिन्छ। राजस्व कर र गैरकर गरी दुई प्रकारका हुन्छन्।
'कर तिर्नु नागरिकको मुख्य दायित्व हो' यस भनाइलाई उदाहरणसहित व्याख्या गर्नुहोस्।
२. प्रत्यक्ष कर र अप्रत्यक्ष करका फाइदाको सूची बनाउनुहोस्।
मूल्य अभिवृद्धि करको परिचय दिनुहोस्?
प्रत्यक्ष करका फाइदा:
भन्सार महसुल भनेको के हो? नेपालको सन्दर्भमा यसको महत्त्व उल्लेख गर्नुहोस्।
आम्दानीको स्तरअनुसार कर लाग्ने भएकाले प्रगतिशील र न्यायसङ्गत हुन्छ। धेरै आम्दानी हुनेले धेरै र कम आम्दानी हुनेले कम तिर्नुपर्ने भएकाले सामाजिक न्याय कायम गर्न सघाउँछ। सरकारलाई नेपालको कुल राजस्वमा सबैभन्दा ठुलो अंश प्रदान गर्छ। अप्रत्यक्ष करका फाइदा: सुविधाजनक र लचकदार हुन्छ। करको दायरा फराकिलो हुन्छ। कर छली गर्न सकिँदैन। वस्तु तथा सेवा उपभोगमा आधारित भएकाले समन्याय कायम गर्न सघाउँछ। ३. 'कर तिर्नु नागरिकको मुख्य दायित्व हो' यस भनाइलाई उदाहरणसहित व्याख्या गर्नुहोस्। हामी नागरिकसँग कर लिनु राज्यको अधिकार हो भने कर तिर्नु हामी नागरिकको कर्तव्य हो। यदि राज्यले जनताबाट कर लिएन भने जनतालाई सेवा सुविधा प्रदान गर्न सक्दैन। जस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सञ्चारलगायतका पूर्वाधारको विकास गर्नका लागि राज्यलाई निश्चित र व्यवस्थित आम्दानी चाहिन्छ, जुन मुख्यतः करबाटै आउँछ। उदाहरणका लागि, व्यवसायीले वडा कार्यालयमा गएर घरजग्गा र व्यवसायको कर तिरेजस्तै हरेक नागरिकले आफ्नो आम्दानी वा सम्पत्तिमा लाग्ने कर तिर्दा मात्र सरकारले विद्यालय, अस्पताल, सडक जस्ता सेवा सञ्चालन गर्न सक्छ। त्यसैले कर तिर्नु सच्चा नागरिकको मुख्य दायित्व हो। ४. मूल्य अभिवृद्धि करको परिचय दिनुहोस्। वस्तु तथा सेवाको मूल्यमा वृद्धि हुँदा बढेको मूल्यमा लाग्ने करलाई मूल्य अभिवृद्धि कर (VAT) भनिन्छ। यो वस्तु तथा सेवामा आधारित अप्रत्यक्ष कर हो। नेपालमा हाल १३ प्रतिशत मूल्य अभिवृद्धि कर कायम गरिएको छ। करको दायरा फराकिलो बनाउने र राजस्व चुहावट नियन्त्रण गर्ने यसको मुख्य उद्देश्य हो। वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा VAT बिल लिनु सच्चा नागरिकको कर्तव्य हो। ५. भन्सार महसुल भनेको के हो? नेपालको सन्दर्भमा यसको महत्त्व उल्लेख गर्नुहोस्। विदेशबाट आयात गरिने र विदेशमा निर्यात गरिने मालवस्तुहरूका लागि भन्सार बिन्दुमा कानुनबमोजिम लिइने करलाई भन्सार महसुल भनिन्छ। नेपालको सन्दर्भमा यसलाई राजस्व सङ्कलनको महत्त्वपूर्ण स्रोत मानिन्छ, किनभने आयात-निर्यातमा आधारित अर्थतन्त्र भएको नेपालमा भन्सार महसुलले सरकारलाई ठुलो परिमाणमा राजस्व सङ्कलन गर्न सहयोग पुर्याउँछ।
प्रत्यक्ष कर र अप्रत्यक्ष करबीचको भिन्नता तालिकामा देखाउनुहोस्।
१. प्रत्यक्ष कर र अप्रत्यक्ष करबीचको भिन्नता:
अन्तःशुल्क भनेको के हो? यो कुन कुन समूहमा विभाजन गरिएको छ?
२. अन्तःशुल्क भनेको के हो? यो कुन कुन समूहमा विभाजन गरिएको छ? देशभित्र उत्पादन भएका एवम् आयातित वस्तु तथा सेवामा लगाइने करलाई अन्तःशुल्क भनिन्छ। यो कर मदिरा समूह, सुर्तीजन्य समूह र स्वयम् निकासी समूह गरी तीन समूहमा विभाजन गरिएको छ।
SEE का लागि अति महत्वपूर्ण क्षेत्र
• राजस्व, कर र गैरकर राजस्वको अर्थ। • प्रत्यक्ष कर र अप्रत्यक्ष करको अर्थ, उदाहरण र भिन्नता। • मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र भन्सार महसुलको अर्थ। • कर तिर्नु नागरिकको कर्तव्य किन हो भन्ने तर्क। • करको महत्त्व र आवश्यकता।