SEESathi
HomeSubjectsPast PapersMock TestSavedSearch
SEESathi

Empowering every Class 10 student across Nepal with world-class, beautifully structured study notes and solved questions.

Study

  • Master Notes
  • Question Bank
  • Past Papers

Subjects

  • Science & Technology
  • English
  • नेपाली
  • Social Studies
  • Computer Science
  • Mathematics

Resources

  • SEE Grading Guide
  • Syllabus Breakdown
  • Topper Answer Sets
  • Mock Test Simulator

Legal

  • About Mission
  • Editorial Board
  • Privacy Policy
  • Terms of Use

© 2026 SEE Sathi Technologies Pvt. Ltd. Kathmandu, Nepal.

Built for every Class 10 student across Nepal

आवधिक योजनाSolved Questions· Unit 9
Social Studies · Chapter 08i
7 solved questions

आवधिक योजना

Every question in this chapter, answered and explained — step-by-step solutions drawn live from the chapter library across 4 question sections.

आवधिक योजना — अभ्यास (समाधान सहित)3घटना अध्ययन — स्थानीय योजना1थप SEE अभ्यास2SEE का लागि अति महत्वपूर्ण क्षेत्र1
01

आवधिक योजना — अभ्यास (समाधान सहित)

3
1SEE Boardqb-q0

आर्थिक योजनाको परिचय दिनुहोस्।

१. आर्थिक योजनाको परिचय दिनुहोस्।

2SEE Boardqb-q1

चालु योजनाका लक्ष्य तथा उद्देश्य लेख्नुहोस्।

देशमा उपलब्ध स्रोतसाधनलाई ध्यानमा राखेर प्राथमिकता क्रमका आधारमा खर्च छुट्याई देशको आर्थिक विकासका लागि बनाइने योजनालाई आर्थिक योजना भनिन्छ। यो निश्चित समयावधिका लागि बनाइने भएकाले यसलाई आवधिक योजना पनि भनिन्छ। नेपालमा आर्थिक योजनाको सुरुआत र कार्यान्वयन वि.सं. २०१३ सालबाट भएको हो र यी योजना सामान्यतया पाँच वर्षका लागि बनाइने हुनाले पञ्चवर्षीय योजना पनि भनिन्छ। नेपालमा हालसम्म १४ ओटा आवधिक योजना सम्पन्न भइसकेका छन् र हाल पन्ध्रौं योजना कार्यान्वयनमा रहेको छ।

3SEE Boardqb-q2

चालु योजनाका मुख्य मुख्य कार्यक्रमको सूची बनाउनुहोस्।

२. चालु योजनाका लक्ष्य तथा उद्देश्य लेख्नुहोस्। लक्ष्य: समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन सोच हासिल गर्ने आधार योजनाका रूपमा रहँदै समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिष्कृत जीवनसहितको समाजवाद उन्मुख लोककल्याणकारी राज्यका रूपमा रूपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार निर्माण गर्ने। उद्देश्य: सर्वसुलभ, गुणस्तरीय र आधुनिक पूर्वाधार निर्माण, उत्पादनशील र मर्यादित रोजगारी अभिवृद्धि, उच्च, दिगो र समावेशी आर्थिक वृद्धि तथा गरिबी निवारण गर्दै समृद्धिको आधार निर्माण गर्ने। गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, स्वस्थ तथा सन्तुलित वातावरण, सामाजिक न्याय र जवाफदेही सार्वजनिक सेवा कायम गरी सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण गर्दै नागरिकलाई परिष्कृत र मर्यादित जीवनयापनको अनुभूति गराउनु। सामाजिक, आर्थिक रूपान्तरण तथा स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गरी देशको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय हितको संरक्षण गर्नु। ३. चालु योजनाका मुख्य मुख्य कार्यक्रमको सूची बनाउनुहोस्। आर्थिक क्षेत्र — कृषि, उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखिएको। सामाजिक क्षेत्र — शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैङ्गिक समानता र जनसङ्ख्या वृद्धि नियन्त्रण। पूर्वाधार क्षेत्र — उर्जा, यातायात (सडक, हवाई, रेल, जल), सूचना तथा सञ्चार। लोकतन्त्र र सुशासन — राष्ट्रिय एकता, शान्ति सुव्यवस्था, निर्वाचन प्रणाली, मानव अधिकार। अन्तरसम्बन्धित विषय क्षेत्र — गरिबी निवारण, श्रम तथा रोजगारी, मानव संसाधन विकास, समावेशीकरण।

02

घटना अध्ययन — स्थानीय योजना

1
1SEE Boardqb-q3

घटना अध्ययन — स्थानीय योजना

• प्रश्न: स्थानीय योजना भनेको के हो? • उत्तर: स्थानीय स्तरमा बसोबास गर्ने जनताको सहभागितामा निर्माण र कार्यान्वयन हुने योजनालाई स्थानीय योजना भनिन्छ। स्थानीय तहले आफ्नो स्रोतसाधन, सम्भाव्यता, संस्थागत क्षमता र आवश्यकता अनुकूल हुने गरी यस्तो विकास योजना तर्जुमा गर्दछ। वन उपभोक्ता समिति, टोल सुधार समिति, आमा समूह, महिला समूह, युवा समूह, क्लब र विद्यालयले बनाउने योजना स्थानीय योजनाका उदाहरण हुन्। • प्रश्न: स्थानीय योजनाको महत्त्व उल्लेख गर्नुहोस्। • स्थानीय आवश्यकता र समस्यालाई प्रत्यक्ष सम्बोधन गर्न सकिन्छ। • स्थानीय स्रोतसाधनको उपयुक्त उपयोग हुन्छ। • जनताको प्रत्यक्ष सहभागिता हुने भएकाले योजना कार्यान्वयन प्रभावकारी हुन्छ। • समुदायमा स्वामित्वको भावना विकास हुन्छ र दिगोपना बढ्छ। • प्रश्न: तपाईंको समुदायमा बनेका कुनै दुई स्थानीय योजनाका नाम उल्लेख गर्नुहोस्। • उत्तर: (यो प्रश्नको उत्तर विद्यार्थीको आफ्नै समुदायअनुसार फरक फरक हुन सक्छ। उदाहरणका लागि — वन उपभोक्ता समितिद्वारा सञ्चालित वन संरक्षण योजना र विद्यालयद्वारा सञ्चालित विद्यालय सुधार योजना जस्ता स्थानीय योजनाहरू उल्लेख गर्न सकिन्छ।)

03

थप SEE अभ्यास

2
1SEE Boardqb-q4

पन्ध्रौं योजनाका रणनीतिहरू के के हुन्, उल्लेख गर्नुहोस्।

१. पन्ध्रौं योजनाका रणनीतिहरू:

2SEE Boardqb-q5

पन्ध्रौं योजनाको पृष्ठभूमिमा उल्लेखित प्रमुख लक्ष्यहरू (मितिसहित) उल्लेख गर्नुहोस्।

तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने। सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चित गर्ने। आन्तरिक तथा अन्तरदेशीय अन्तरआबद्धता एवम् दिगो सहरी बस्ती विकास गर्ने। उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने। पूर्ण, दिगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण प्रदान गर्ने। गरिबी निवारण र आर्थिक सामाजिक समानतासहितको न्यायपूर्ण समाज निर्माण गर्ने। प्राकृतिक स्रोतको संरक्षण र परिचालन तथा उत्थानशीलताको विकास गर्ने। सार्वजनिक सेवाको सुदृढीकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता संवर्धन गर्ने। २. पन्ध्रौं योजनाको पृष्ठभूमिमा उल्लेखित प्रमुख लक्ष्यहरू:

04

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

1
1SEE Boardqb-q6

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

• आर्थिक योजना/आवधिक योजनाको अर्थ र नेपालमा सुरुआत। • पन्ध्रौं योजनाको सोच, लक्ष्य र उद्देश्य। • पन्ध्रौं योजनाका रणनीति र प्रमुख कार्यक्रम क्षेत्रहरू। • स्थानीय योजनाको अर्थ र महत्त्व। • नेपालमा योजना निर्माण गर्ने निकाय (राष्ट्रिय योजना आयोग)।

Review the NotesBack to Chapter